कञ्चनपुर–१ मा तारालामाको अग्रता कायमै

कञ्चनपुर–१ मा तारालामाको अग्रता कायमै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङको अग्रता कायमै छ। उनी बिना मगर भन्दा दोब्बर मतले अगाडि छन्।

१३ हजार ८८९ मत गणना हुँदा तमाङले ७ हजार २५३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ३ हजार ८०५ मत ल्याएकी छिन्।