अझै सुरु भएन कैलाली–४ मा रोकिएको मतगणना

अझै सुरु भएन कैलाली–४ मा रोकिएको मतगणना

कैलाली–४ मा रोकिएको मतगणना सुचारु हुन सकेको छैन । मतगणना स्थगित भएको तीन घण्टा बढी हुँदा पनि सुचारु हुन नसकेको हो ।

गोदावरी नगरपालिका स्थित गेटा मेडिकल कलेजमामा जारी मतगणना अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएको थियो ।

अहिले सम्म सो विषयमा सहमति नजुट्दा मतगणना सुचारु नभएको जनाइएको छ । यद्धपी  निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले विवादको सामाधानका लागि दुवै पक्ष बीच छलफल गर्नका बोलाइएको बताए ।