धनगढीका दुई पानी उद्योगमा सिलवन्दी

धनगढीका दुई पानी उद्योगमा  सिलवन्दी

धनगढी : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धनगढीका क्षेत्रका प्रशोधित पिउने पानी उद्योगहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र जिल्ला प्रशासन कार्यालयले बुधवार र बिहिवार सयुक्त रुपमा  अनुगमन गरेका छन ।

अनुगमन का क्रममा  बुधवार एक र बिहिवार एक गरी दूई वटा उद्योगमा उत्पादन वन्द गरी सिलवन्दी गरिएको छ । जसमा एम डी. आरो ड्रिङकिग वाटर शिवनगर र के.जि. एन ड्रिकिङ्ग वाटर इण्डष्ट्रिज भन्सार रहेका छन् ।

तिन ओटा उद्योगहरुमा सन्तोषजनक रहेकाले अन्य सुधारका लागि निर्देशन दिइएको छ  । कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा गएको टोलीले उद्योगले प्रशोधित पिउने पानी निर्दे्िशका २०७४ पालना नगरेको भेटिएपछि सिल गरेको जनाएको छ ।

प्रसोधित पिउने पनि उत्पादन मापदण्ड सम्बन्धि निर्दे्शिका २०७४ लागु भैसकेको र यस सम्बन्धि सुदुर पश्चिम  क्षेत्रका सबै पानि उद्योगी हरुलाई जानकारी तथा  अन्तरक्रिया कार्यक्रम गरिएको जनाएको छ ।