महिला फुटबल टोली नेपाल आइपुग्यो

महिला फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं : सन् २०२० मा जापानमा आयोजना ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेल खेल्न म्यानमारमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । नेपाली टोली म्यानमारबाट बैंकक हुँदै बिहिबार नेपाल आइपुगेको हो । 

दोस्रो चराण्को छनोट खेलमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको नेपाली टोली निराश बन्दै घर फर्केको हो । पहिलो पटक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपाली महिला टोलीले पहिलो चारणको छनोटमा उत्कृष्ट प्रदर्शनत गरेको थियो । 

पहिलो चरणको छनोट खेलमा भारतसँग समेत १-१ कने बराबरी खेलेकान थियो । त्यस्तै विश्व फिफा वरियताको माथिल्लो स्थानमा रहेको म्यानमारसँग समेत १-१ को बराबरी खेल्दै इतिहास रचेको थियो । 

तर, दोस्रो चरणमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । पहिलो खेलमा म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा पनि भारतसँग ३-१ ले पराजित भएको थियो । 

तर, छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियालाई २-१ ले पराजति गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको थियो । प्रतियोगितामा कप्तान सरु लिम्बु र सावित्रा भण्डारीले समान २-२  गोल गरिन् ।