गोरखा २ बाट प्रचण्ड दोब्बरभन्दा बढी मतले निर्वाचित

गोरखा २ बाट प्रचण्ड दोब्बरभन्दा बढी मतले निर्वाचित

गोरखा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रचण्डले २६ हजजार १०१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका बुर्लाकोटीले १२ हजार ६३६ मत पाए । एमालेका अब्दुस मियाँले ७ हजार ३९२ मत पाएका छन् ।