डडेल्धुरा प्रदेशसभा (२)मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा प्रदेशसभा (२)मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा – डडेल्धुरा प्रदेशसभा (२( मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन । उनी ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।
उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४ सय २५ मतले पराजित भए । उनका निकटतम प्रतिस्पर्धी बोहराले १० हजार ९ सय ७० मत पाएका थिए ।

कुल ९१ हजार २०१ मतदातामध्ये ५१ हजार २०३ मतदाताले मतदान गरेका थिए । जसमा प्रदेश सभा ९क० मा २५ हजार ३६१ मत खसेको थियो भने प्रदेश सभा (ख) मा २५ हजार ९०३ मत खसेको मुख्य निर्वाचत अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।