कैलाली ५ मा पन्तको अग्रता कायमै, राना मतान्तर बढाउँदै

कैलाली ५ मा पन्तको अग्रता कायमै, राना मतान्तर बढाउँदै

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतान्तर बढाउन थालेका छन् ।

नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तसँग फराकिलो मतले पछि परेका राना अहिले मतान्तर बढाउँदै गएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ३६ हजार २४९ मत गणना हुँदा काँग्रेसका पन्तले ११ हजार ८५४ मत पाएका छन् भने मालेका उम्मेदवार  रानाले १० हजार १९६ मत छ।उनीहरूबिच अहिले एक हजार ६५८ मतान्तरको फरक छ ।