चितवन–१ मा स्वतन्त्र पार्टीका ढकाल विजयी

चितवन–१ मा स्वतन्त्र पार्टीका ढकाल विजयी

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन ।

ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन ।

ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन ।