ओलीले चुनावी अभियान सुरु गरेको सुदूरपश्चिममा एमालेले बल्ल खोल्यो खाता

ओलीले चुनावी अभियान सुरु गरेको सुदूरपश्चिममा एमालेले बल्ल खोल्यो खाता

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा एमालेले पहिलो जित हात पारेको छ । बैतडीबाट एमालेका दामोदर भण्डारी निर्वाचित भएका छन् ।

उनी ३२ हजार २९१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्र कुँवरले ३१ हजार ३० मत पाए । सुदूरपश्चिमका १६ सिटमध्ये एमालेको यो पहिलो जित हो ।