डोटीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

डोटीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

सिलगढी ।  डोटीमा जीप दुर्घटना भएको छ । दिपायल बाट सायल गाउँपालिका जाँदै गरेको से १ ज १५६७ नम्बरको जीप आदर्श गाउँपालिका १ को बाँझमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार  जीप आफै अनियन्त्रित भएर बिहिवार साँझ ५ बजेको समयमा दुर्घटना भएको हो ।

घाइते तीन जनालाई उपचारको लागि जिल्ला अस्पताल उपचार हुँदैछ भने एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।