कैलाली–४ का ८ वडामा समानुपातिक मत गणना गर्दा एमाले अगाडी

कैलाली–४ का ८ वडामा समानुपातिक मत गणना गर्दा एमाले अगाडी

धनगढी  ।  कैलाली क्षेत्र नम्बर ४ अन्तरगत प्रतिनिधि सभा तर्फको समानुपातिक मत गणना जारी रहेको छ । बिहिबार दिउँसो देखि सुरु भएको समानुपातिक मत गणनामा एमालले अग्रता बनाएको छ ।

पछिल्लो अपडेट अनुसार गोदावरी नगरपालिकाका १ देखि ८ वडा सम्मको मत गणना गर्दा एमालेले ९ हजार ८५२ मत ल्याएर अग्रता कायम गरेको हो । त्यस्तै दोस्रोमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ हजार १४१ मत पाएको छ । त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

उसले अहिले सम्म २ हजार ४७० मत पाएको छ । त्यस्तै चौथोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६३२, पाँचौमा रहेको नेकपा माओवादी केन्द्रले १ हजार ४१५ र छटौंमा रहेको नेकपा एकीकृत समाजवादीले ९१६ मत पाएको छ ।