कैलाली ५ मा गठबन्धनका उम्मेदवार विजयी

कैलाली ५ मा गठबन्धनका उम्मेदवार विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी सहरसमेत पर्ने कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पाँच दलीय गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कैलाली ५ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् । 

प्रकाश बहादुर देउवा, डिल्लीराज पन्त र रमेश धामी । शुक्रबार बिहान सकिएको कैलाली ५ को मतगणनामा प्रतिनिधिसभा तर्फ कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भए । उनले २१ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार नारदमुनी रानालाई १ हजार ७१ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ तेस्रो स्थानमा कांग्रेसका बागी उम्मेदवार पुष्करनाथ ओझा रहे । ओझाले ८ हजार ३ सय मत प्राप्त गरेका थिए । अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ७ हजार ४ सय ६० मत ल्याएका थिए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा कैलाली ५ बाट कांग्रेस र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । कैलाली ५ ९२० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् । उनले ९ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा जोशीले ६ हजार ३ सय ५१ मत ल्याए।

कैलाली ५ को सुदूरपश्चिम प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । माओवादीका रमेश धामी १ सय १९ मतको अन्तरले विजयी भएका हुन् । धामीले ९ हजार ३ सय ८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ९ हजार २ सय ६२ मत ल्याएका थिए ।