६ दिन पछी उठ्यो सन्दीपको शव

६ दिन पछी उठ्यो सन्दीपको शव

बाजुरा ।   त्रिबेणी नगरपालिका वडा ७ मा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सन्दीप अयडीको शव आफन्तले बुझेका छन । उनको मसिर ४ गते मतदानको समयमा मतपेटीका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको जनाइएको थियो ।

उनका आफन्तले ६ दिन पछी लाश बुझेर दाहसस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको प्रहरीले जनाएको छ । सोही क्रममा घर भित्र सुतेको अबस्था काँग्रेस कार्यक्रताद्धारा हत्या गरिएका अनेरास्ववियूका नेता चेतनदिप अयडीको शव भने उठ्न सकेको छैन ।

अयडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखीएको छ । उनको हत्यामा सलग्नलाई कार्बाहीको माग गर्दे अनेरास्ववियू बाजुरा आन्दोलनमा रहेको छ ।