विजयी पछि प्रमाण पत्र बुझ्दै पन्त

विजयी पछि प्रमाण पत्र बुझ्दै पन्त

धनगढी । गत मंसिर ४ गते भएको प्रतिनि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बिजयी भएका बाम लोकतान्त्रिक गठबन्धनका सभा उम्मेदवार डिल्लीराज पन्तले आज बिजयी प्रमाण पत्र ग्रहण गरेको छ ।  
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कैलाली ५ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् । 
प्रकाश बहादुर देउवा, डिल्लीराज पन्त र रमेश धामी । शुक्रबार बिहान सकिएको कैलाली ५ को मतगणनामा प्रतिनिधिसभा तर्फ कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भए । उनले २१ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार नारदमुनी रानालाई १ हजार ७१ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ तेस्रो स्थानमा कांग्रेसका बागी उम्मेदवार पुष्करनाथ ओझा रहे । ओझाले ८ हजार ३ सय मत प्राप्त गरेका थिए । अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ७ हजार ४ सय ६० मत ल्याएका थिए ।