बाजुरामा काँग्रेसले १६ र एमालेले ८ मतदान केन्द्र कब्जा गरेको उजुरी

बाजुरामा काँग्रेसले १६ र एमालेले ८ मतदान केन्द्र कब्जा गरेको उजुरी

बाजुरा  ।  मसिंर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनमा एमाले र काँग्रेसले मतदान केन्द्र कब्जा गरेको भन्दै मतदान स्थगितका लागि छुट्टाछुटै निबेदन पेश गरेका छन । नेकपा एमाले बाजुराले काग्रेसद्धारा १६ मतदान केन्द्र कब्जा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । त्यसै गरी एमालेले ८ ओटा मतदना केन्द्र कब्जा गरेकोले पुन मतादनको माग सहित निबेदन पेश गरेको मुख्य निर्वाचन अधिकृत ढाँकाराम पौडेलले बताएका छन ।

नेपाली काँग्रेसले बुढिगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १ बुढिनन्दा नगरपालिका ४ र १० र जगनन्था गाउँपालिका ५ एमालेले मतदान केन्द्र कब्जा गरेको आरोप रहेको छ । 

त्यसै गरी नेकपा एमलेले त्रिबेणी नगरपालिका २ ,३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बुढिगंगा नगरपालिका ४, ७ र ८ बुढिनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र काँग्रेसले कब्जा गरेको आरोप लगाएको छ ।

मुख्य निर्वाचन कार्यालय बाजुरामा काँग्रेस एमालेले निवेदन पछि निर्वाचन आयोगको टोलि बाजुरा पुगेको हो । आयोगको छानबिन पछि प्रतिबेदनका आधारमा के गर्ने भन्ने निर्णय हुने आयोगाले जनाएको छ ।