डोटीमा लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुभारम्भ

डोटीमा लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुभारम्भ

गणेश मौनी / डोटीमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुक्रबार एक कार्यक्रमको आयोजना गरि सुभारम्भ गरिएको छ । 

दिपायल सिलगढी नगरपालिकाले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको अभियान सुभारम्भ कार्यक्रम नगरपालिका गेट देखी स्थानीय बजार ईन्द्रचोक सम्म र्याली सहित कार्यक्रमको आयोजना गरिएको थियो । 
अभियान सुभारम्भ कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले डोटी जिल्लामा पनि विभिन्न प्रकृतीका महिला हिंसा, बाल बिबाह, बहुबिबाह, छुवाछुत लगाएका हिंसाहरु हुन सक्छन त्यस्ता प्रकृतिका हिंसाहरु हुन नदिन आम नागरिक सचेत हुनुपर्ने बताईन् ।समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरुको न्यूनिकरणमा विभिन्न संघ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगाएत सबैको सहयोग आवश्यक रहने समेत प्रजिअ श्रेष्ठले बताईन् । 

कार्यक्रमामा बोल्दै लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समारोह समितिका संयोजक दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले समाजमा कुनैपनि महिलाहरुले हिंसा सहेर बस्न नहुने त्यसको लागि सुरुमा महिलाहरुनै अग्रसर हुनुपर्ने बताए । डोटी जिल्लामा विभिन्न संघ संस्थाहरुको सहयोगमा नगरपालिकाका विभिन्न वडाहरुमा १६ दिन सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाईने दिपायल सिलगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बुले बताईन् । उनले भनिन नगरपालिकाका सबै वडाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिनुका साथै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने समेत लिम्बुले बताईन । 

डोटीका अन्य पालिकाहरुमा पनि  विभिन्न कार्यक्रमहरुको आयोजना गरि दिवसलाई मनाउने भएका छन् । अभियान प्रारम्भ कार्यक्रममा जिल्लामा कृयाशील गैरसरकारी संघ संस्था, नागरिक समाज, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय, पत्रकार लगाएको सहभागिता रहेको थियो । 

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तराष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ ।