ब्राजिलियन फरवार्ड नेयमार घाइते

ब्राजिलियन फरवार्ड नेयमार घाइते

फिफा विश्वकप अन्तर्गत सर्वियाविरुद्धको खेलमा ब्राजिलियन मुख्य फरवार्ड नेयमार जुनियर घाइते भएका छन्। 

सर्वियासँगको खेलमा नेयमारको खु्ट्टाको गोलिगाँठोमा चोट लागेको हो। यद्यपी उनी अर्को खेलसम्ममा ठिक भैसक्ने टोलीले विश्वास छ। 
ब्राजिलका प्रशिक्षक टिटेले उनी अर्को खेलमा ठिक भैसक्ने विश्वास व्यक्त गरे। 

सर्वियाका निकोला मिलेनकोभिचको खराब ट्याकलमा परेका नेयमारले खेलको ८० औँ मिनेटमा मैदान छाडेका थिए। ब्राजिलको मेडिकल टोलीले नेयमारले चोट बारे स्पष्ट पारेको हो। अहिले हामी पर्ख र हेरको स्थितिमा छौँ, यसबारेमा अहिले नै केही भन्न सकिने अवस्था छैन। 

ब्राजिलले विश्वकपको दोस्रो खेलमा सोमबार  टजरल्याण्डसँग खेल्नेछ।