१० खेलाडीमा सिमित वेल्स इरानसँग स्तब्ध

१० खेलाडीमा सिमित वेल्स इरानसँग स्तब्ध

विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ। खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो। 

अतिरिक्त समयको ८ औं मिनेटमा रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्दै महत्वपुर्ण ३ अंक बटुल्दै अन्तिम १६ को संभावना जिवित राखेको हो। 

इरानका लागि दोस्रो गोल रामिन रेजाएनले गरे। पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको इरानले ३ अंक जोडेको छ। वेल्सले भने पहिलो खेलमा अमेरिकासँग १र१ को बराबरी खेलेको थियो। यो नतिजाले दुवै टोलिको अघिल्लो चरण यात्रा कायम छ।

तर त्यसका लागि अन्तिम खेल जित्नु पर्ने हुन्छ। त्यो अवस्थामा आज राति हुने अमेरिका र इङ्ल्याण्डको नतिजाले यी टोलिको अघिल्लो यात्रा बारे निश्चित हुन्छ। 

समूहको अन्तिम खेलमा इरान र अमेरिका तथा वेल्स र इङल्याण्याण्ड भिड्ने छन्।