जीवनरक्षाका लागि कैलाशको अपिल

जीवनरक्षाका लागि  कैलाशको अपिल

डोटीको केआईसिंह गाउँपालिका ९६ भाटी गाउँका कैलाश भाट मुटु सम्बन्धी समस्याले जीवन मरणको दोसाँधमा छन् । काठमाण्डौं स्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका २७ वर्षीय भाट आर्थिक सङ्कटको अभावले शल्यक्रिया गर्न सकिरहेका छैनन् । उनलाई मुटुको भल्भ फेर्नु पर्ने चिकित्सकको सल्लाह छ ।

आर्थिक अवस्था कमजोर रहेका भाटले काठमाण्डौंको लामो बसाई , औषधी तथा कुरुवा लगायत खर्च धान्न आफूलाई सङ्कट परेको गुनासो गरेका छन् । चिकित्सकले मंसिर ११ गतेबाट अस्पतालमा भर्नाका लागि समय तोकेपनि आर्थिक समस्याका कारण खर्च जुटाउन काठमाडौँमा तड्पी रहेको उनले बताए । ‘परिवारमा आयस्रोत भएको व्यक्ति कोही छैन, यो उमेरमा मुटुको समस्याले झेल्यो’, भाटले दुखित हुँदै सहयोगका लागि याचना गरे, ‘जीवनको कठिन परिस्थितिमा मलाई सहयोग गर्नेहरू प्रति सदैव ॠणी हुनेछु ।’

जीवन रक्षाका लागि सहयोग गरिदिन उनको अपिल छ । उनले आफ्नो नाममा रहेको एनएमबि बैंक दिपायल शाखाको खाता नम्बर ०१८०१७९७७७००००१२ मा सहयोग रकम जम्मा गर्न मनकारीहरुलाई आग्रह गरेका छन् ।