‘भ्वाइस अफ नेपाल’को लाइभ शोमा आशिषको प्रतिभाले आँखा रसाए पछि...

‘भ्वाइस अफ नेपाल’को लाइभ शोमा आशिषको प्रतिभाले आँखा रसाए पछि...

धनगढी । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ४’मा लाइभ शो सुरु भएको छ । हिजो (शुक्रबार) देखि यो चरणमा सुरु भएसंगै आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।


शुक्रबारको लाइभ शो मा अछाम मेल्लेख गाँउपालिकाको दोगडा घर भएका आशिष महरले लोकप्रिय गायक झलकमान गन्धर्वको सबैभन्दा लोकप्रीय गीत ‘आमाले सोध्लीन् नि’ मार्मिक गित गाएर कोचसहित दर्शकलाई भावुक बनाए ।


महरले ब्लाइन्ड अडिसनमा रामचन्द्र काफ्लेको ‘हिमाल हिंउ पडिगयो ’ बोलको गीत गाएर चारै कोचलाई घुमाउदै टिम प्रमोदलाई छनोट गर्दै भ्वाइस अफ नेपाल सिजन–४’ मा प्रवेश गरेका थिए ।

महर भोटिङ राउण्डमा पुगेसंगै उनलाई भोटिङ गर्ने सकिनेछ ।  

उनलाई भोटिङ गर्न:-

Khalti App Download गर्नुहोस |
Log in गरि Vote Option मा जानुहोस |
चार जना Coach मध्य Coach Pramod Select गर्नुहोस ।
त्यसपछि आशिष महरको नाम र फोटोमा थिच्नुहोस् र Vote गर्दा Voting अवधि सम्म हरेक दिन एउटा free vote गर्न सकिनेछ ।

‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् । भने लाइभ शो मा १२ जना प्रतिस्पर्धी रहेका छन् ।