कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश नं १ र बागमती प्रदेशको पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।