चुनाव हारे पनि जनताको मन जित्न सफल भयौं : ऐन महर

चुनाव हारे पनि जनताको मन जित्न सफल भयौं : ऐन महर

बझाङ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताए । जिल्लामा महरले आजबाट मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रमलाई जोडदिएका छन् ।

मतदातालाई भेटेर उनले चुनाव हारे पनि जनताको मन र राजनीति जितेको बताए । साथै नेता महरले एमाले पार्टीलाई जिल्लामा अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको बताएका छन् ।

जनताले आफुलाई दिएको अपार माया र मतबाट आफू भावविभोर भएको महरको भनाई छ । मतदाता भेटघाटमा निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा आफु बझाङ परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरैहतोत्साही नहुन कार्यकर्ताहरुलाई पनि सुझाव दिएका छन् ।

साथै उनले अबको पाँच बर्षमा सुधार गर्नुपर्ने कमिकम्जोरी सुधार गर्दै पार्टी बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन् । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी संग महर ९ सय ९८ मतले पराजित भएका थिए ।