आजको मौसम कहाँ कस्तो ?

आजको मौसम कहाँ कस्तो ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो  प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।