बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका ५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।

आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर उनी गम्भीर घाइते भएकी  थिइन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि धनगढी ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ ।