धनुषा ४ बाट एमालेका रघुवीर महासेठ निर्वाचित

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ निर्वाचित

काठमाडौं  ।   धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन्। यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे ।