नेपालका एक युवक चरेशसहित टनकपुरबाट पक्राउ

नेपालका एक युवक चरेशसहित टनकपुरबाट पक्राउ

कञ्चनपुर। कञ्चनपुरका एक युवक लागुऔषध चरेशसहित टनकपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको सीमावर्ती टनकपुर बजार क्षेत्रबाट भारतीय प्रहरीले चरेशसहित कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीका २० वर्षीय करमसिंह ठगुन्नालाई पक्राउ गरेको हो।
भारतको चम्पावत प्रहरीका अनुसार झण्डै ३ किलो चरेश तस्करी गरिरहेको अवस्थामा ठगुन्नालाई पक्राउ गरीएको हो। भारतिय प्रहरीले नशामुक्त अभियान’ अन्तर्गत चेकजाँच गरीरहेको छ। प्रहरीले पक्राउ गरेका ठगुन्नामाथी कानूनी कारबाही अगाडि बढाएको जनाएको छ।