सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान ५ जना जनप्रतिनिधि   दोहोरिए

सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान ५ जना जनप्रतिनिधि   दोहोरिए

धनगढी। मंसिर ४ गतेको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान ५ जना प्रदेश सभा सदस्य मात्रै दोहोरिएका छन्। २०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँचजना मात्र पुनः विजयी भएका छन् । उनीहरु मध्ये २ जना प्रतिनिधि सभामा र ३ जना प्रदेश सभामा विजयी भएका हुन्। तर अघिकाँस उम्मेदवार दिएकाहरु पराजित भएका छन्।

कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट नेकपा एमालेका तारा लामा तामाङ प्रतिनिधि सभामा विजयी भएका छन्। उनीहरू २०७४ मा क्रमशः कैलाली क्षेत्र नं.५ ‘ख’ र कञ्चनपुर क्षेत्र नं. १ ‘क’ बाट विजयी भएका थिए। तामाङ प्रदेश सभामा नेकपा र नेकपा एमालेको प्रमुख सचेतक एवं आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए। प्रदेश सभामा फेरि विजयी हुनेमा नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः बहालवाला भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी कैलाली क्षेत्र नं. ४ ‘क’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल कञ्चनपुर क्षेत्र नं. ३ ‘क’ बाट र यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुला ‘ख’ बाटै फेरि विजयी भएका छन्।

५३ सदस्यीय प्रदेश सभाका १५ जना प्रदेश सभा सदस्य चुनावमा फेरि उठेका थिए। १५ मध्ये तीन जना प्रतिनिधि सभाका उम्मेदवार भएका थिए । कैलाली क्षेत्र नं. ५ बाट कांग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट तारा लामा तामाङ प्रतिनिधि सभा सदस्यमा विजयी भए पनि अछाम क्षेत्र नं, १ बाट नेकपा एमालेकै झपटबहादुर बोहरा पराजित भए। यस्तै कैलाली ‘ख’ बाट बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र डडेल्धुरा ‘ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित भए। नेपाली काँग्रेसका उम्मेदवार थिए।


पराजित हुने प्रदेश सभा सदस्यमा डडेल्धुरा ‘क’ बाट पठानसिंह बोहरा र बैतडी ‘क’ बाट लीलाधर भट्ट रहेका छन्। बोहरा नेकपा एमालेका उम्मेदवार थिए। नेकपा एकीकृत समाजवादीका नेताहरू क्रमशः कैलाली क्षेत्र नंं। ३ ‘ख’ बाट अमरबहादुर साउद र कञ्चनपुर क्षेत्र नंं. २ ‘ख’ बाट लालबहादुर खड्का पराजित भए । साउद गठबन्धनकै उम्मेदवार थिए भने खड्का एक्लै चुनाव लडेका थिए । कैलाली क्षेत्र नंं. १ ‘क’ बाट रतन, ‘ख’ बाट नेकपा माओवादी केन्द्रका नेता नन्दबहादुर साउद पराजित भए। सोही क्षेत्रबाट २०७४ मा विजयी भएका थिए । यस्तै कैलाली क्षेत्र नंं. १ ‘क’ बाट कृष्णबहादुर चौधरी र कैलाली क्षेत्र नं. २ ‘क’ बाट रतन थापा पराजित भएका छन्। चौधरी लोकतान्त्रिक समाजवादी पार्टी र थापा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । पराजित हुने डडेल्धुराका पठानसिंह बोहरा, कञ्चनपुरका लालबहादुर खड्का प्रदेश सरकारका पूर्वमन्त्री र कैलालीका अमरबहादुर साउद पूर्व राज्यमन्त्री थिए। बाजुरा ‘क’ मा प्रदेश सभा सदस्य बलदेव रेग्मी नेकपा (एमाले) को उम्मेदवार बनेका छन् । बाजुरामा मतगणना अनिश्चित रहेको छ ।