कञ्चनपुरमा जिप चालक पक्राउ

कञ्चनपुरमा जिप चालक पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका जिप चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई पक्राउ गरेको हो । 
आइतबार कृष्णपुर नगरपालिका–५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ जिपले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो। ठक्कर दिने सवारी साधनलाई अनुसन्धानको क्रममा सोमबार फेला पारेको थियो । मृतकका आफन्तहरुले चालक पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्दै हिजो सडक अवरोधसमेत गरेका थिए।ठक्कर दिने जिप चालक लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको छ ।