७९ किलो गाँजा बरामद

७९ किलो गाँजा बरामद

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित कत्लेखोला भन्ने ठाउँबाट प्रहरीले ७९ केजी लागूऔषध गाँजा बरामद गरेको छ।

डब्लुबी ५९ सी ६७३५ नम्वरको भारतीय ट्रक सडक छेउमा रोकेर गाँजा लोड गर्दै गरेको अवस्थामा आज बिहान उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

विषेश सूचनाको आधारमा प्रहरी गाँजा लोड हुँदै गरेको अवस्थामा पुगेको उनले बताए। ट्रक चालक फरार रहेको र थप अनुसन्धान भइरहेको बताए।