भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मसिना तथा बासनादार धान खेति कार्यक्रम सञ्चालन गर्ने

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मसिना तथा बासनादार धान खेति कार्यक्रम सञ्चालन गर्ने

धनगढी : मसिना तथा वास्नादार चामलको सुदुरपश्चिम प्रदेशमा बढी माग हुन थाले पछि  भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मसिना तथा बासनादार धान खेति कार्यक्रम सञ्चालन गर्ने भएको छ । कुल गार्हस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान दिने धान मुलुकको प्रमुख खाद्यान्न बाली हो ।

सरकारले वार्षिक अर्ब रुपैयाँ बराबरको धान÷चामल आयात गर्नुपर्ने बाध्यतालाई हटाउन र यसको उत्पादन बढाएर आत्मनिर्भर हुने उद्देश्य राखेर मसिना तथा वासनादार धान खेती कार्यक्रम लागु गरिने भएको हो । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ४ सय ५० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम लागु हुने मन्त्रालयले जानकारी दिएको छ ।

जस मध्ये मसिनो तथा बासनादार धान खेती कार्यक्रमको लागी डोटीमा ६० विघा जमिन छुट्याइएको छ । भने २०÷२० हेक्टर जमिन अछाम,बझाङ र बाजुरामा छुट्याएको मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । त्यस्तै कैलाली र कञ्चनपुरमा ३ सय हेक्टरमा वासनादार धानको खेती गरिने उहाँले बताउनुभयो ।

मसिना तथा वासनादार धानको बीउलाई प्राथमिकता दिने र त्यस प्रकारका बीउहरु किसानहरुलाई ५० प्रतिशतसम्म अनुदानमा उपलब्ध गराउने मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । पछिल्लो समयमा नेपालमा बढी धान उत्पादन हुने भन्दै मोटो धानको उत्पादनमा वृद्धि भए पनि आम जनताले मसिनो चामलको उपयोग गर्ने क्रम बढेको भन्दै नेपालमा रहेका रैथाने तथा मसिनो जातका धानका बीउलाई प्रवद्र्धन गरी कार्यक्रमलाई सक्रिय रुपमा विकास गरिने मन्त्रालयले जनाएको छ ।

मुलुकलाई कृषिप्रधान देश भनिए पनि प्रमुख खाद्यान्न बाली नै आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै कृषि तथा धान बालीविज्ञहरुले धान खेतीलाई विशेष जोड दिनु पर्ने बताइएको छ । प्रथम वर्ष यो खेती गरिन लागेको हुदाँ यो बर्ष परिक्षण गरिने बरिष्ठ कृषि विकास अधिकृत जोशीेले बताउनुभयो। 

किसानलाई सावा मन्सुली,कोकोवा मन्सुली, सुगन्धित धान,बहुगुणी धान,सुख्खा ३ र सुख्खा ६ र चैते ५, राम धान लगायतका धानका विउहरु अनुदानमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।