बाजुरामा मुचुल्का भन्दा बढी भोट, प्रतिनिधि सभाको मतगणना रोकियो

बाजुरामा मुचुल्का भन्दा बढी भोट, प्रतिनिधि सभाको मतगणना रोकियो

बाजुरा  । बाजुराको हिमाली गाउँपालिका -६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आयपछि मतगणना रोकिएको छ ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना रोकिएको हो ।

यसअघि जिल्लामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको थियो ।