धनगढीमा विद्यार्थीलाई ठक्कर दिएर स्कारपियो फरार

धनगढीमा विद्यार्थीलाई ठक्कर दिएर स्कारपियो फरार

धनगढी ।  धनगढीमा  विद्यार्थीलाई ठक्कर दिएर स्कारपियो फरार भएको छ । पञ्चोदय माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत १४ वर्षीय अनीश बिकलाई गाडीले ठक्कर दिएको हो । बिद्यालय तर्फ गइरहेका उनलाई एक्कासी स्कारपियोले ठक्कर दिएर फरार भएको हो ।

घाइते बालकको निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको छ ।  बालकको  उपचार भइरहेको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । हिजो पनि धनगढीमा ग्रेडरले किच्दा एक बालिकाको मृत्यु भएको छ ।