भीरबाट लडेर चोट लागेकी महिलाको सशस्त्र प्रहरीद्धारा उद्धार

भीरबाट लडेर चोट लागेकी महिलाको सशस्त्र प्रहरीद्धारा उद्धार

दार्चुला: सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल सामाजिक कार्यका साथै मानवीय सहायतामासमेत जुट्ने गरेको छ । दार्चुलाको खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरले भीरबाट लडेर चोट लागेकी एक महिलाको उद्धार गरेको छ । 

लेकम गाउँपालिका–३ लाली की ४२ वर्षीया कमला देबी भण्डारीको सशस्त्र प्रहरीले उद्धार गरी अस्पतालसम्म लग्न सहयोग गरेको गणका सूचना अधिकारी बीर सिंह धामीले जानकारी दिए । भण्डारीको मंसिर १३ गते भीरबाट लडेर खुट्टामा गम्भीर चोट लाग्दा हिड्न नसक्ने भएकी थिइन् । 

उनको दार्चुला अस्पतालमा उपचार केही दिनको उपचारपछि थप उपचारका लागि शुक्रवार भारतको पिथौरागढ अस्पताल पठाइएको सूचना अधिकारी धामीले बताए । हिडडुल गर्न नसक्ने ती महिलालाई सशस्त्र प्रहरीको ४४ नम्बर गणबाट खटिएको रेस्क्यु टोलीले स्टेचरमा बोकेर भारतको धारचु्ला बजारसम्म पुर्याएको हो ।