सिकलसेलका बिरामीलाई आर्थिक नहुदाँ उपचारमा समस्या

सिकलसेलका बिरामीलाई आर्थिक नहुदाँ उपचारमा समस्या

धनगढी : सरकारले निःशुल्क उपचारको प्रवन्ध गरेको बताए पनि उपचारको खर्च तिर्न बाध्य रहेको सिकलसेल विरामीहरूले गुनासो गरेका छन् । सिकलसेल एनिमियाका विरामीहरूलाई सरकारले उपचारका लागि भनेर एक लाख बराबरको आर्थिक सहयोग गरिरहेको छ ।

उक्त रोगका संक्रमितहरू भने उपचार प्रभावकारी नभएको गुनासो गरेका छन् । बशांणुगत गुणका आधारमा थारु समुदायमा देखा पर्ने गरेको उक्त रोगको उपचारका लागि शारीरिक रुपमा अशक्त भएकाहरूले समस्या बेहोर्नु परेको बताएका छन् । 

सिकलसेल रोगका कारण आफुले रातभरी सुत्न समेत नपाएको बताउदै धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारी बस्ने झकसन चौधरी । नियमित उपचार गराउनुपर्ने भएकाले सरकारी राहत अपर्याप्त हुने गरेको अधिकांश सिकलसेलका विरामीहरुले गुनासो गरेका छन् ।

सिकलसेलका बिरामीले आफुहरुलाई उपचारमा समस्या भइरहेको बताएका छन । सस्तो मुल्यको औषधी सरकारले निशुल्क दिने गरेको तर महङ्गो औषधी आफैले किन्नु पर्दा समस्या हुने गरेको बताउनुभयो । सेती अस्पतालमा हालसम्म ५ सय २० जना भन्दा बढी सिकलसेलका बिरामीहरू आएका छन् ।

पश्चिम तराइका अधिकांश थारु समुदायमा यो रोगको संक्रमण देखा परेको छ । सबै भन्दा बढी कैलाली र कञ्चनपुरका बिरामी बढी रहेको सेती अस्पतालको सामाजिक सेवा इकाईका प्रमुख गौरीदत्त जोशीले बताउनुभयो । थारु सामुदायका व्यक्तिहरुमा यो रोग बढी देखा परेको उहाँले बताउनुभयो ।

सिकलसेल रोग बढी जस्तो थारु जातिमा देखिनुको कारण अहिले सम्म पत्ता लाग्न नसकेको सेती अस्पतालमा कार्यरत डाक्टर निराजनदत्त शर्मा पौडेलले बताउनुभयो । उपचार समयमै नपाउदाँ बिरामीलाई बढी समस्या हुने तर बिरामीले समयमै औषधी सेवन गरेमा यो रोगले कुनै पनि असर नगर्ने उहाँले बताउनुभयो ।

दुईपटक चेक जाँच गर्दैमा १ लाख भन्दा बढी खर्च आउने गरेको बिरामीहरुले बताएका छन ।  टाढा पुग्दा उपचारमा असहजता उत्पन्न हुने गरेकाले स्थानीय स्तरमै उपचारको व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

वंशाणुगत रूपमा सर्ने सिकलसेल भएका व्यक्तिमा शरीर दुख्ने, हाडजोर्नी दुख्ने, कमलपित्त, रक्तअल्पता, रिंगटा लाग्ने, कमजोर हुने लगायतका समस्या देखिने गर्दछ । जसले गर्दा काम गर्न गाह्रो भइ दैनिकी गुजार्न समेत मुस्किल पर्ने भएकाले सरकारी राहत बढाउनु पर्ने विरामीले आग्रह गरेका छन।