चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिन ४२३३ कोरोना संक्रमित थपिए

चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिन ४२३३ कोरोना संक्रमित थपिए

बेइजिङ- चीनको मेनल्याण्ड क्षेत्रमा एकैदिन ४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। 

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ४ हजार २३३ मा कोरोना संक्रमण पुष्टि भएको हो। साथै ३० हजार ५३९ लक्षणविहीन संक्रमित थपिएका छन्। 

हाल रहेका संक्रमितमध्ये २४ घण्टामा २ हजार ८७७ निको भएका छन्।  हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।