धनगढी । नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रसाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ५ हजार ५४१ मतले अगाडी रहेका छन् ।
गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले ३१ हजार ७८९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् ।