भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

धनगढी: भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको बित्थडचिर गाउँपालिका-२ लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले बताउनुभयो।