सुदूरपश्चिमको मुख्यमन्त्रीमा  विष्टको दाबी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा  विष्टको दाबी

कञ्चनपुर । सुदूरपश्चिमको मुख्यमन्त्रीमा कञ्चनपुरको क्षेत्र नम्बर १ को 'ख' बाट प्रदेश सभामा निर्वाचित भएका दिवान सिंह विष्टले  दाबी गरेका छन् । आफू निर्वाचित भइसकेपछि आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य समेत रहेका विष्टले आफू सिनियर नेता भएकाले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताएका हुन् ।

‘म पहिले २०७० सालमा संविधान सभा सदस्य पनि भइसेको छु । मैले दुई वर्ष प्रतिनिधि सभामा सदस्य भएर पनि काम गरिसकेको छु,’ उनले भने, ‘त्यसकारण पनि यो प्रदेशमा सिनियरका हिसाबले पनि म नै हो । मैले राजनीतिक सङ्गठनमा पनि काम गरेको करिब ३२ वर्ष भइसक्यो, नेविसंघबाट काम गरेको ४५ वर्ष भइसक्यो । अब म सुढृड पनि हो । मैले मुख्यमन्त्रीमा दाबी गर्ने स्वभावै हो ।’

प्रदेशमा चुनाव लड्ने मनसाय नबनाएका विष्टले प्रचण्ड र प्रधानमन्त्रीकै आश्वासनमा चुनाव लडेको दाबी गरे ।

‘हेर्नुस् म २०७० मा चुनाव लडेर जितेको र २०७४ मा पनि सङ्घीयमा चुनाव लडेको हुँ । म प्रदेशमा चुनाव लड्दैन भनेर भन्दा खेरी हैन तपाई प्रदेश सरकारको प्रमुखकै लागि हो । तपाई चुनाव लड्नुस् र तपाई प्रदेशका लागि तयारी गर्नुस् भनेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जी र प्रधानमन्त्री शेर बहादुर जीले पनि त्यो आश्वासन दिनुभयो। त्यही आश्वासमा नै म प्रदेशमा चुनाव लडेको हुँ । त्यसकारण मलाई मुख्यमन्त्री बनाउँछन् भन्नेमा म विश्वस्त छु,’उनले भने । 

आफू मुख्यमन्त्री भएपछि अहिलेको सरकारको भन्दा पनि राम्रो काम गर्ने बताए । ‘यदि म मुख्यमन्त्री भइहाल्यो भने मैले जनतामुखी नै पहिलो निर्णय  गर्नेछु । म काम गर्ने मान्छे हुँ । म काम गरेर इतिहास बनाउने मान्छे हुँ । सुदूरपश्चिममा अहिलेको सरकारले जति काम गर्‍यो ।  म यो पाँच वर्षमा गरेको यो सरकारको भन्दा पनि राम्रो काम गरेर देखाउने छुँ,’ उनले भने ‘मैले मुख्यमन्त्रीको शपथ खाएकै दिन मैले जनतामुखी नै निर्णय गर्नेछु । जसले यहाँका जनताले हाम्रै लागि, प्रदेशका लागि,जनताका लागि राम्रो निर्णय गर्‍यो भन्ने बनाउँछु ।’

यस्तै उनले जताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।  ‘मैलै जहाँसम्म जनताको मर्म भावना अनुरूप काम गर्छु,’ विष्टले भने, ‘जनतालाई पछुतो नहुने गरी काम गर्छु ।’ संविधान सभा सदस्य समेत रहेका विष्टले ६ महिनाभित्रै बेलौरी भन्सारको कामकाज अघि बढाउने बताए । ‘मैले विगतमा बेलौरी भन्सारका लागि काम गरेको छु । अब भारतीय पक्षसँग समेत समन्वय गरेर दुवै तर्फ भन्सार स्थापना गर्नुपर्छ ’ उनले भने ।