ढुंगा हानाहानपछि भारतीय पक्षले बन्द गराएको दार्चुलामा नेपाल–भारत पुल खुल्यो

ढुंगा हानाहानपछि भारतीय पक्षले बन्द गराएको दार्चुलामा नेपाल–भारत पुल खुल्यो

धनगढी । भारतीय पक्षले दार्चुला स्थित नेपाल–भारत जोड्ने महाकाली नदीमा थिको  पुलको नाका खुलेको छ।

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सोमबार भारतीय पक्षले पुल बन्द गरेका हुन।

महाकाली नदीको यो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिन्छ। 

भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानै देखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

उनका अनुसार भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन।

महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए। उनीहरुले पुल समेत बन्द गरेका थिए। 

यात्रुहरू अलपत्र परेपछि बेलुका प्रहरीले सामान्य बल प्रयोग गरेर पुल खोलेको थियो।