माया हत्याका अभियुक्त शसस्त्र जवानलाई बैतडी पुर्‍याइयो

माया हत्याका अभियुक्त शसस्त्र जवानलाई बैतडी पुर्‍याइयो

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्याका आरोपी शसस्त्र प्रहरीका जवान भरतराम कोलीलाई बैतडी पुर्‍याइएको छ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हत्या आरोपी कोलीलाई राति बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

उनका अनुसार म्यादी थप गरेर कोलीमाथि अनुसन्धान अगाडि बढाइने छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा कोली विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। 

मया गत मंगलबार घरबाट लुगाउन सिलाउनका लागि पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएकी थिइन्। अर्को दिन घाँटी रेटेर हत्या गरिएको अवस्थामा मायाको शव भेटिएको थियो। 

मायासंगै गएकी उनकी भदै नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। घाइते नेहाले नै कोलीको नाम किटान गरेपछि पीडीत परिवारले उनी विरुद्ध जाहेरी दिएको थियो। घटनापछि फरार रहेका कोली आइतबार भारततिर भाग्दै गर्दा महेन्द्रनगरबाट समातिएका थिए।