रोनाल्डोलाई पछाडि पारे मेसीले

रोनाल्डोलाई पछाडि पारे मेसीले

अर्जेन्टिनी कप्तान लियोनल मेसीले विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । अस्ट्रेलियाविरुद्ध एक गोल गरेका मेसी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको आठौँ स्थानमा पुगेका छन् । मेसीले पाँच विश्वकपमा सहभागिता जनाउँदै नौ गोल संख्या पु¥याएका छन् । रोनाल्डोको नाममा आठ गोल संख्या रहेको छ । 

मेसीले २३ खेलमा नौ गोल र रोनाल्डोले विश्वकपमा २० खेलमा आठ गोल गरेका हुन् । विश्वकप इतिहासमा लगातार पाँच संस्करणमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । अस्ट्रेलियासँगको प्रतिस्पर्धामा मेसीको एक हजार करिअर खेल पूरा गरे । यो उपलब्धि मेसीले आफ्नो एक सयौँ कप्तानीमा हात पारेका हुन् । मेसीले अर्जेन्टिनाबाट एक ६९ खेलमा ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

कतार विश्वकपमा मेसीले चार खेलमा तीन गोल गरेका छन् । विश्वकपमा सर्वाधिक १० गोल गर्ने सूचीमा आठ खेलाडी छन् । मेसीको ध्यान अब यो संख्या पार गर्ने हुनेछ । विश्वकपमा सर्वाधिक गोल जर्मनीका खेलाडी मिरोस्लाभ क्लोजको नाममा छ । क्लोजले २४ खेलमा सर्वाधिक १६ गोल गरेका छन् । क्लोजले यो सफलता सन् २०१४ को ब्राजिलमा आयोजना भएको विश्वकपमा हात पारेका थिए । 

दोस्रो स्थानमा ब्राजिलका रोनाल्डो छन् । रोनाल्डोले १९ खेलबाट १५ गोल गरेका छन् । मेसीले समूह चरणमा मेक्सिकोविरुद्ध दुई रेकर्ड बनाएका थिए । एकै विश्वकपको एकै खेलमा गोल र असिस्ट दुवै गर्ने पाका खेलाडीको कीर्तिमान मेसीले आफ्नो नाममा राखेका थिए ।