योगा गर्दा हुन्छन यस्ता फाइदा

योगा गर्दा हुन्छन यस्ता फाइदा

अस्थिर मनलाई स्थिर बनाउने कार्य नै योगा हो । अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्बलताबाट सबलतातर्फ र सीमितबाट असिमिततर्फको आध्यात्मिक यात्रा नै योग हो । नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । योगका फाइदा यस्ता छन् स्

शारीरिक तन्दुरुस्ती : योग गर्नेको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ हुन्छ । सामाजिक हुनका लागि पनि यसले सहयोग गर्छ । नियमित रूपमा योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन सक्छ । उनीहरू बौद्धिक रूपमा पनि सबल हुन्छन् ।

 आध्यात्मिक पक्ष :  योग गर्ने मानिस प्रायः आध्यात्मिक प्रकृतिका हुन्छन् । योगले नै उनीहरूमा आध्यात्मिक चिन्तन विकास गर्दै लैजाने हो । यसले गर्दा शरीरमा सकारात्मक ऊर्जा थपिन्छ ।  

 पाचन प्रक्रिया सहज: योग गरेपछि  शरीरका आन्द्रालगायत अन्य अंगमा पर्याप्त कसरत पुग्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ । 

 स्फूर्त शरीरका लागि : योग गर्नाले शरीर फुर्तिलो हुन्छ । पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ । शरीरका अंग चलायमान हुन्छन्, ताजापन आउँछ । त्यस्तै, अनुहारमा चमकता ल्याउँछ । 

 युवापनको अनुभूति :  नियमित योग गर्दा मानिस निरोगी हुन्छ । यसले गर्दा ऊ जहिल्यै युवा र हट्टाकट्टा देखिन्छ ।