धनगढीको मुख्य बजारमा काफले होटेलको शाखा

धनगढीको मुख्य बजारमा काफले होटेलको शाखा

धनगढी । काफले रेष्टुरेण्ट एण्ड बारले धनगढीको मुख्य बजारमा आफ्नो शाखा विस्तार गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीस्थित रहेको काफ्लेले धनगढीका ग्राहकहरुको मागका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित सब्जीमण्डी नजिक दोस्रो शाखा विस्तार गरेको हो ।
चिकेन तन्दुरी, लेगपिस होटलको विशेषता रहेकोमा अन्य सेवा पनि थप गर्दै शाखा विस्तार गरेको सञ्चालक गणेश ऐरले बताए । उनले होटलमा चिकेन तन्दुरी, लेगपिससंगै विदेशी, भारतीय र नेपाली परिकारलाई पनि जोड दिएको बताए ।
शाखाको शनिबार समुदघाटन गरिएको थियो । उनले आफुले झन्डै नौ बर्ष भन्दा बढी विदेशमा होटल क्षेत्रमा काम गरिसकेको अनुभवलाई यस क्षेत्रमा विस्तार गर्न लागेको बताए ।