कैलालीमा पहिलो पटक बिधुतीय स्कुटर दर्ता प्रक्रिया शुरु

कैलालीमा पहिलो पटक बिधुतीय स्कुटर दर्ता प्रक्रिया शुरु

धनगढी । कैलालीमा पहिलो पटक विद्युतिय स्कुटर दर्ता प्रक्रिया शुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यातायात व्यवस्था कार्यालय सेतीसंग समन्वय गरी पहिलो पटक विद्युतिय स्कुटर दर्ता प्रक्रिया अघि बढाएको हो । विद्युतिय स्कुटर दर्ताका लागि कार्यालयले अभियानकै रुपमा अघि बढाएको छ ।
यस अघि जिल्लामा बिना दर्ता तथा बिना नम्बर प्लेटका विद्युतिय स्कुटर सञ्चालनमा थिए । सवारी साधनको दर्ता प्रक्रिया तथा नम्बर प्लेट समेत नहुदा दुर्घटना गराउने र भाग्ने र करको दायरामा समेत नआउने प्रबृति थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसअघि दर्ता गर्न हुन भनि सम्बन्धित सवारी धनी, शोरुम सम्बद्ध ब्यवसायीलाई अनुरोध गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको अनुरोधमा हाल सम्म ३५ थान विद्युतिय स्कुटर दर्ता भई सकेको छ भने अन्य दर्ता प्रक्रियामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिलबहादुर सिंहले बताए ।
उनले जिल्ला भरी दर्ता नभएका साधनलाई नियन्त्रणमा लिने कार्य भईरहेको पनि बताए । 
बैधानिक तवर बाट भित्रिएका सवारी साधनलाई दर्ता प्रक्रियामा पठाईने तथा अबैधानीक भन्सार छलि गरि भित्रिएका विद्युतिय स्कुटरलाई  कानुनी कारवाहीको लागी भन्सार कार्यालय पठाईने उनले बताए ।