पूजा–युद्धको प्रेमः सँगै देखिने, बोल्न तर्सिने

पूजा–युद्धको प्रेमः सँगै देखिने, बोल्न तर्सिने

नायिका पूजा शर्मा युद्ध बानियाँको प्रेममा छिन् भन्ने कुरा त अब नयाँ रहेन । एक बर्ष भन्दा लामो समयदेखि यी दुई प्रेममा छन् । केही समय प्रेमीलाई मिडियाबाट लुकाएकी पूजाले पछिल्लो केही महिनादेखि भने खुल्लम खुल्ला माया देखाइरहेकी छिन् ।

फिल्म हेर्न होस् या बिहेको कार्यक्रममा नै किन नहोस्, पूजा युद्धसँग नै देखिन्छिन् । मिडिया र सामाजिक संजालमा युद्ध र पूजाका तस्वीर र भिडियो छ्याप्तछ्याप्ती छन् ।

तर, पूजा युद्धलाई सार्वजनिक कार्यक्रममा लिएर त जान्छिन् । मिडियामा भने पूजा आफै एक्लै फेस गरिरहेकी छिन् । पूजाको चाहना युद्धलाई अहिले नै मिडियासामु ल्याउने भन्ने छैन । एकातिर युद्ध केही लजालु रहेको र अर्कोतिर युद्धलाई अहिले नै मिडियामा ल्याइहाल्ने योजना आफ्नो नरहेको पूजाको तर्क छ ।

नायक सलोन बस्नेतको बिहे पार्टीमा पनि पूजासँगै पुगेका युद्ध क्यामेरा पछाडिबाट हल छिरेका थिए । जेहोस्, पूजा र युद्धले प्रेम भने लुकाएका छैनन् । तर, पूजाले युद्धलाई मिडियाबाट भने टाढा राख्ने कोशिश गरिरहेकी छिन् ।