पुष २२ मा सर्‍यो ‘चि मुसी चि’, यस्तो छ मोसन पोस्टर

पुष २२ मा सर्‍यो ‘चि मुसी चि’, यस्तो छ मोसन पोस्टर

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा मर्ण जेम्स र यश सैनीद्वारा संयुक्त रुपमा निर्देशित मल्टीस्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति हेरफेर गर्दै सोमवार युट्युबमार्फत् मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि आगामी पुष १५ लाई प्रदर्शन मिति घोषणा गरेकोमा अब यो फिल्म एक साता पछाडि सर्दै पुष २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक मोसन पोस्टरमा फिल्मका कलाकारहरु प्रियंका कार्की (जोशी), ऋचा शर्मा (राणा), बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत भिन्दा भिन्दै भावभंगीमा प्रस्तुत छन् । फिल्मको थिम बुझाउन खोजिएको मोसन पोस्टरको पार्श्व संगीतले डर पैदा गर्छ भने फिल्मप्रति उत्सुकता जगाउँछ । फिल्म हरर-थ्रिलर जनरामा निर्माण भएको हो ।

फिल्मले नेपालमा हरर-थ्रिलरको नयाँ ट्रेन्ड सुरु गर्ने निर्माण टिमको विश्वास छ । नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएको फिल्मले दर्शकलाई नयाँपन महसुस गराउने निर्देशक जेम्सको दाबी छ । फिल्मको निर्मातामा रिञ्जु केसी र प्रस्तुतकर्तामा अरुण चक्रावर्ती छन् । डिसिएनले देशव्यापी वितरण गर्ने यस फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।