आईसीसी विश्वकप : स्कटल्यान्डसँग भिड्दै नेपाल

आईसीसी विश्वकप : स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तीन देशबीच जारी त्रिकोणात्मक एकदिवसिय सिरिजको चौँथो खेलमा नेपालले बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

नामिबीया भ्रमणमा रहेको नेपालले भ्रमणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हव। नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा दिउँसो १ : ४५ मा सुरु हुनेछ।

जारी सिरिजमा नेपाल खराव प्रदर्शनबाट गुज्रिरहेको छ। नेपालले तेस्रो खेलमा घरेलु टोली नामिबियासँग हार भोगेको थियो। त्यसअघि स्कटल्यान्डसँगपनि नेपाल पराजित भयो। नामिबिया विरुद्धको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा १-१ अङ्क बाँडिएको थियो।

जारी सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेल खेलेका छन्।
दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ।

जारी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अङ्क सहित छैठौँ स्थानमा रहेको छ। स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ।