शुरु हुँदै सुदूरपश्चिम महोत्सवः चौराहदेखि प्रभात फेरी गरियो (फोटोफिचर)

शुरु हुँदै सुदूरपश्चिम महोत्सवः चौराहदेखि प्रभात फेरी गरियो (फोटोफिचर)

धनगढी । सुदूरपश्चिम महोत्सव २०७९ आज (बिहिबार) देखि शुरु हुँदैछ । ‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवको दिउसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले समुदघाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुन लागेको महोत्सवलाई यस क्षेत्रमा पर्वका रुपमा हेरिदै आएको छ ।

महोत्सवको समुदघाटन अघि धनगढी ट्राफिक चौराहदेखि महोत्सवस्थलसम्म झाँकी र बाजागाजासहित प्रभात फेरीको आयोजना गरिएको छ । संघका अध्यक्ष पुष्प कुँवरसहित संघका पदाधिकारी, सदस्य, कैलाली वितरक संघ, कैलाली मुद्रण संघका पदाधिकार तथा सदस्य, नागरिक समाजका पदाधिारी, समाजसेवी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

महोत्सवको समुदघाटनका लागि महोत्सव स्थललाई सजावट गरिएको छ । मञ्च व्यवस्थापन, स्वागतद्धार, स्टल व्यवस्थापन लगायतका काम भइसकेको छ भने स्टल बुकिङ गरेका व्यवसायीहरुले सामान सजाउने काम गरिरहेका छन् । महोत्सवमा चार सय बढी स्टल रहेको अध्यक्ष कुँवरले बताए । 

No description available.