प्राईम सेवाको १३ औं शाखा धनगढीमा विस्तार

प्राईम सेवाको १३ औं शाखा धनगढीमा विस्तार

धनगढी । कैलालीको धनगढीमा क्यासनेप तथा प्राईम सेवाको १३ औं शाखा विस्तार गरिएको छ । 

No description available.
कैलालीमा रहेका स्थानीयलाई सजह, सरल, शुलभ र छिटो सेवा उपलब्ध गराउने गरि बिहिबार धनगढीमा शाखा विस्तार गरिएको हो ।
‘एक घर, एक युवा, एक उद्यमी’ स्वदेशी उत्पादन अन्तराष्ट्रिय पहिचान सहित विभिन्न सेवा उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको सो कम्पनिले आफनो शाखा विस्तार गरेको कम्पनिका प्रवन्धक निर्देशक राजन अधिकारीले जानकारी दिए । 
उनका अनुसार धनगढीमा ट्याक्सी बुकिङ, मोटरसाईकलमा यात्रु ओहोरदोहोर, भाडामा सवारीसाधन, चिकित्सक सेवा, ग्याँस तथा खानेपानीको घरमै ढुवानी, प्लम्बर, मिस्त्री लगायतका ६४ वटा विषयमा कम्पनिले सेवा उपलब्ध गराउने बताए ।
उनले भने –‘अहिले यस क्षेत्रका मानिसले धनगढीका भित्री सडकमा जानु परेमा विद्युतिय रिक्सामा महँगो भाडा तिर्नुपरेको छ । हामीले मोटरसाईकलमै उनीहरुको गन्तव्य पुगाउने छु ।’ उनका अनुसार यसका लागि यहाँका मानिसले एपको प्रयोग गर्नुपर्ने छ । ‘राईडर’ एपमार्फत स्थानीयहरुलाई आफुलाई आवश्यक परेको सेवा माग  गर्न सक्ने छन् । अर्डर भएलगत्तै सो सेवा कम्पनिले उपलब्ध गराउने छ ।