पाँच लाख बराबरको कारोबार

पाँच लाख बराबरको कारोबार

धनगढी । सुदूरपश्चिम महोत्सवको शुक्रबार दोस्रो दिन झण्डै पाँच लाख बराबरको कारोवार भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि शुरु भएको महात्सवको दोस्रो दिनमा टीकट विक्री र भित्र व्यवसायमा गरि पाँच लाख बराबरको कारोबार भएको हो ।

उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले दोस्रो दिन दुई लाख ९९ हजार आठ सय ५० रुपैयाँको टीकट विक्री र भित्र रहेका स्टलहरुमा झण्डै दुई लाख बढी गरि पाँच लाख बराबरको कारोबार भएको बताए ।

यस्तै, महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती दिएका छन । लोक दोहरी गायक रामजी खाँडले दर्शकलाई हाँस्यव्याँग्यबाट मनोरञ्जन दिएका छन् भने गायिका मन्जु पौडेल र गायक बादल थापाको वेजोड प्रस्तुती रहेको थियो ।

महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।